यात्रु तानातान गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरबाट दुईजना पक्राउ .

0

यात्रु तानातान गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले  दुर्इ जनालार्इ नियन्त्रणमा लिएको छ।  बीरेन्द्रनगर नगर ६ बसपार्कमा सर्वसाधारण यात्रुहरूलाई अमानविय तरिकाले तानातान गरेको भन्दै प्रहरीले उनिहरुलार्इ प्रकाउ गरेको हो।प्रकाउ पर्नेमा बीरेन्द्रनगर ९का नकेन्द्र खत्री र सन्दिप परियार रहेको प्रहरीले जनाएको छ।यस्तै प्रहरीले हिजो यात्रु तानातान गरेको आरोपमा पाँच जनालार्इ प्रकाउ गरेको छ।पर्नेमा बीरेन्द्रनगर ९ चक्र बहादुर शाही, कालीकोटका अर्जुन मल्ल गुर्भाकोट महेश सोमारे मगर रहेको प्रहरीले जनाएको छ।यस्तै जुम्लाका रमेश शाही,आछाम नमराज न्यौपाने रहेको प्रहरीले जनाएको छ।उनिहरुलार्इ पक्राउ गरी ,कानुन बमोजिम कारबाही भइरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ.

Share.

About Author

Leave A Reply