युवा समस्याप्रति तीनै तहका सरकार गम्भिर नभएको गुनासो।

0

साउन २८ सुर्खेत,उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नारासहित अन्तराष्ट्रिय युवा दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइ छ।

कर्णालीको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश मुल समारोह समितिको आयोजनामा युवा दिवसमा अवसरमा कर्णालीको राजधानी वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम गरि दिवस मनार्इएको हो।

स्थानीय मंगलगढी चोकबाट सुरु भएको र्याली जिल्ला समन्वय समिति सुर्खेतको हलमा पुगेर कार्यक्रममा परिणत भएको हो।

कार्यक्रमका वक्ताहरुले युवाहरुलाइ देशभित्रै रोजगारीदिने खाल्का कार्यक्रम ल्याउन सरकारलाइ आग्रह गरेका छन।

उनिहरुले युवाहरु देशमा काम नपाएर बिदेशिने क्रम बढिरहेको भन्दै तिनवटै तहका सरकारले निति बनाएर युवाका सवालमा कामगर्नुपर्नेमा जोड दिएका छन।।

मुख्यमन्त्री शाहीले समानुपातिक समाबेशि आधारमा युवाहरुको मुल्याङकन गरेर तिन वटै तहमा रोजगारमुलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो।

उहाँले कर्णालीमा समाज केन्द्रित शिक्षाको आबश्यकता रहेको भन्दै प्राविधिक शिक्षामालाइ जोडदिइएको बताउनुभयो।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युवाहरु सँग नै आवश्यक छलफल गरी युवा मैत्री निति बनाईने बताउनुभयो।

यस्तै कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाहरुले युवाको  सवालमा काम गर्ने प्रतिबद्ता जनाएका छन।

मुख्यमन्त्री शाही, सरकारका प्रबक्ता विमला केसी र सरोकारवाहरुले संयुक्तसहित रुपमा हस्ताक्षर गरेका छन।

युवामैत्री स्वास्थ्य नीति निर्माण र कार्यान्वयन गर्ने,सबैका लागि सामावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा निर्णममा प्रतिबद्ता जनाइएको  छ।

Share.

About Author

Leave A Reply