योजना बनाउँदा समन्वय हुनुपर्ने।

0

माघ १७सुर्खेत।योजना बनाउँदा स्थानीय, प्रदेश र संघिय सरकारबिच समन्वय हुने गरी बनाउनुपर्ने बीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागिले औंल्याएका छन।राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजनाको प्रारम्भिक मस्यौदामा केन्द्रित रहेर गरेको कर्णाली प्रदेश परामर्श बैठकका सहभागिले स्थानिय आवश्यकताका आधारमा योजना बनाउनु पर्नेमा जोड दिइएका हुन्।बैठकमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहुँचका आधारमा योजना बनाउने परम्पराको अन्त्य गर्दै स्थानीय आवश्यकताको आधारमा योजना बनाउनुपर्ने बताउनुभयो।स्थानीय तहका समस्याका खाकालाई गुरुयोजना बनाएर प्रदेश मार्फत संघिय सरकारलाई बुझाए पछि योजना बनाउने व्यवस्था गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो।कर्णालीका प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्ने विषयमा अब बन्ने योजनाले प्राथमिकता दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ।कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले हालसम्म थुप्रै योजना बने पनि उचित कार्यानवयन हुन नसकेको बताउनु भयो।उहाँले योजना निर्माण गर्नुभन्दा पनि कार्यान्वयन महत्वपूर्ण हुने भन्दै योजना बनाउँदा दिर्घकालीन र तत्कालीन आवश्यकताको पहिचान गर्नुपर्ने बताउनुभयो।राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले फागुन १५ गते प्रदेशहरुबाट योजना संकलन गर्ने र बैशाखसम्म योजनालाई अन्तीम रुप दिनकालागि सरकारलाई हस्तान्तरण गर्ने बताउनु भयो ।बैठकमा कर्णाली प्रदेसका सभामुख राजबहादुर शाहीले कर्णालीमा खेर गईरहेको स्रोत साधनको प्रयोयोगमा अधिक जोड दिनुपर्ने बताउनुभयो।बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले संघियता पछि प्रदेश र स्थानीय तहबिच नितिगत,संस्थागत र संरचनागत जस्तै योजना कार्यान्वयनमा पनि सहकार्य हुनपर्नेमा जोड दिनुभएको छ ।

 

 

Share.

About Author

Leave A Reply