राउटे समूदायले पहिलो पटक तलब बुझे।

0

फागुन ३०,सुर्खेत।राउटे समुदायका पाँच जना मुखियाहरुले सुर्खेतको बीरेन्द्रनगरमा रहेको मेगा बैंकबाट पहिलो महिनाको तलव बुझेका छन।पाँच जना राउटेलाई दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाले सामाजिक कार्यकर्ताको रुपमा नियुक्त गरेपछि बैंकबाट पहिलो महिनाको तलव बुझेका हन।राउटे मुखिया सूर्यनारायण शाहीले दुई हजार र पूर्व मुखिया महिनबहादुर शाही, दिलबहादुर शाही, वीरबहादुर शाही र प्रकाश शाहीले जनही एक हजार पाँच सय रुपैयाँ तलव बुझ्नुभएको छ।आफ्नो समुदायमा मदिरा प्रयोग र बेचखिवखन बन्द गर्ने, सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका काठ जथाभावी नकाट्ने, बालबालिकाहरुलाई औषधि खुवाउने र सरसफाईका लागि आग्रह गर्ने, तथा व्यक्तिगत सरसफाईमा लाग्ने शर्तमा उहाँहरुलाई सामाजिक परिचालक पदमा नियुक्त गरिएको थियो।सामाजिक सेवा केन्द्र दैलेखका अध्यक्ष हिरासिंह थापाले राउटे सामाजिक कार्यकर्ताहरुले पहिलो महिनामा सन्तोषजनक काम गरेको आधारमा तलव प्रदान गरिएको बताउनुभयो।राउटे पूर्व मुखिया महिनबहादुर शाहीले बैंकबाट पहिलो महिनाको तलव बुझ्दै घर खर्चमा लगाउने बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply