राजस्थानले आईपीएलमा चौंथो जित ।

0

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चौंथो जित निकालेको छ।

अबुधाबीमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय पारि खेल्नुभयो।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको हो।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाउदा कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्नुभयो।

जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ।

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ भने लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ।

यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो।

 

 

 

Share.

About Author

Leave A Reply