रारा कर्णाली पर्यटन वर्षको लोगो र नारा सार्वजनिक

0

चैत–१८सुर्खेत।कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को लोगो र नारा सार्वजनिक गरेको छ।वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षकालागि तयार गरिएको लोगो र नारा सार्वजनिक गर्नुभएको हो।पर्यटन वर्षकालागि ‘कर्णाली समृद्धिको आधार,पर्यटनको विकास र पुर्वाधार’भन्ने मुल नारा तय भएको छ।सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास अब पर्यटन क्षेत्रबाट हुने भन्दै कर्णालीलाई विश्वकै पर्यटकिय गन्तव्य बनाईने बताउनु भयो।उहाँले आवश्यक पुर्वाधार विकासमा ढिलाई हुँदा यहाँभएका पर्यटकिय क्षेत्रहरु पनि ओझेलमा परीरहेको भन्दै अब प्रचारप्रसारकालागि जुट्ने समय आएको बताउनु भयो। यस्तै कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले अहिले वर्षेनी ५० हजार पर्यटक रारा पुगीरहेको बताउँदै अब वर्षेनी ५ लाख पर्यटक रारा पु¥याउने सरकारको अपेक्षा रहेको बताउनु भयो ।रावलले कर्णाली प्रदेशको समृद्धिका पर्यटन वर्ष मनाउन लागिएकाले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो। मन्त्री यस्तै रारासम्म पुग्नकालागि कर्णाली राजमार्ग सुधारको काम भईरहेको कर्णालीका भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीले पर्यटन वर्षमा भित्रिने पर्यटकको सहजताकालागि राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने काम भईरहेको बताउनु भयो ।वैशाख १ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीबाट पर्यटन वर्षको उद्घाटन गर्ने तय भएको छ।रारा मै प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश सरकारको तेश्रो क्याविनेट वैठक बस्ने, हुम्लाको उत्तरी नाका हिल्सा, कालिकोटको पातल झरना र डोल्पाको शे फोक्सुण्डो तालको अवलोकन भ्रमण लगायतका कार्यक्रम तय गरिएको प्रदेश सरकारले जनाएको छ।

Share.

About Author

Leave A Reply