रारा राष्ट्रिय नाटक महोत्सब सर्योः फागुन २३ गतेदेखि २९ गतेसम्म हुने।

0

मंसीर-७ सुर्खेत।कर्णाली प्रदेसको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा यहि मंसीर ६ गतेदेखि हुने भनिएको रारा राष्ट्रिय नाटक महोत्सब आउँदो फागुनको अन्तिम सातालार्इ सरेको छ।आयोजक साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र मूल आयोजक समितिका अध्यक्ष गणेशभक्त गौतमले संयुक्त विज्ञप्ति जारी गरी रारा राष्ट्रिय नाटक महोत्सब फागुन २३ गतेदेखि २९ गतेसम्म हुने उल्लेख छ।महोत्सवमा सहभागि हुने नाट्य टोली लगाएत सरोकारवालासंगको छलफलपछि नयाँ मिति तय गरिएको भन्दै बिज्ञप्तिमा पूर्व निर्धारित मितिमा महोत्सव हुन नसकेकोमा क्षमा मागिएको छ।महोत्सवमा प्रत्येक प्रदेसबाट दुर्इ गरि सात प्रदेसबाट १४ टोलीको नाटक देखार्इने छ भने ,सुर्खेती कलाकार र साँस्कृतिक संस्थानका तर्फबाट अप्रतियोगि रुपमा एकएक वटा नाटक समेत प्रर्दशन हुने बतार्इएको छ।यस्तै गरी महोत्सवका समयमा राष्ट्रिय र अन्तराष्ट्रिय नाट्यबिज्ञहरुको समेत सहभागितामा कार्यशाला समेत हुनेछ।करिब ४० लाख खर्च हुने अनुमान गरिएको महोत्सवको आधा खर्च सांस्कृतिक संस्थान र बाँकी आधा खर्च स्थानिय स्तरमा जुटार्इने मूल आयोजक समितिका अध्यक्ष गौतमले बताउनु भयो ।

Share.

About Author

Leave A Reply