राष्ट्रपतिको निर्वाचनकालागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

फागुन १८ ,निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनकालागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आयोगले संघीय संसद भवन नयाँबानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भयो ।
नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ ।
मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मन्डलबाट हुने संवैधानिक व्यवस्था छ ।

Share.

About Author

Leave A Reply