राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जाेड।

0

असार-२३ सर्खेत।राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छनलामो समय पछि स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्ने गरी ल्याईएको ऐनको प्रभावकारी र सहि ढंगले कार्यान्वयन हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन।वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय चिकित्सा शिक्षा ऐन अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले स्वास्थ्यमा जनशक्ति उत्पादनमा मात्र नभई उनीहरुको उचित व्यवस्थापनका लागि समेत स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

 

सहभागीहरुले ऐनको कार्यान्वयनका लागि छिट्टै नियमावली जारी गर्न र दुर्गमका स्वास्थ्य चौकिमा समेत स्वास्थ्यकर्मी बस्ने वातावरण तयार गर्न समेत सुझाव दिएका छन।कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विशवराज काफ्लेले जुम्लामा प्रतिष्ठान हुँदा कर्णालीलाई राहत मिलेको बताउनुभयो।उहाँले प्रतिष्ठानले अहिले सुदुर र कर्णालीका दुर्गम जिल्लामा स्वास्थ्य शिविर मार्फत नागरिकलाई घरआगनमै सेवा दिन सकिएको भन्दै यस्तो सेवालाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याउनुभयो।

 

उहाँले कर्णालीमा शिक्षण अस्पताल आवश्यक रहेको भन्दै कर्णालीको जनशक्तिलाई कर्णालीमै व्यवस्थापन गर्ने निति ल्याउन आग्रह समेत गर्नुभयो।ऐनका मस्यौदाकार डाक्टर अर्जुनबहादुर कार्किले लामो समयको प्रतिक्षा पछि आएको ऐनले छात्रवृति लगायतका थुप्रै विषयमा सहज हुने भन्दै ऐनको बारेमा नागरिकलाई बुझाउनुपर्ने आवश्यकता औल्याउनुभयो।उहाँले राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा शिक्षा र सेवामा रहेको विकृतिको पनि अत्य गर्ने दाबि गर्दै दुर्गम क्षेत्रमा शिक्षण संस्थाको स्थापनामा पूँजीको लगानीमा प्रोत्साहन गरेको बताउनुभयो।

 

यसैबिच कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले अब कर्णालीका जनतालाई स्वास्थ्य कमि नहुँदा उपचार नपाउने समस्याले उपचारका लागि बाहिर जानुनपर्ने गरी निति बनाउने बताउनुभयो।उहाँले चिकित्सा ऐनले दुर्गममा स्वास्थ्य कर्मि बस्ने ग्यारेन्टी गरेको भन्दै अब छिट्टै जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउने दाबि गर्नुभयो।

Share.

About Author

Leave A Reply