राष्ट्रिय जनता पार्टीलाई चुनाव सहभागी गराउन छलफल सुरू ।

0

असार २४ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टीलाई चुनाव सहभागी गराउन छलफल थाल्नुभएको छ ।
दोस्रो चरणको चुनावपछि हिजो पहिलो पटक बालुवाटारमा राजपाका नेताहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले चुनाव र संविधान संशोधनबारे छलफल गर्नुभएको छ।
आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि राजपा नेताहरु बालुवाटार पुगेका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा असोज २ गतेका लागि तोकिएको चुनावमा सहभगी हुन राजपालाई आग्रह गर्नुभयो ।
बैठकपछि नेताहरुले संविधान संशोधनका लागि प्रतिपक्षी एमालेसँग छलफल गर्ने कुराकानी भएको बताएका छन् ।
राजपाको मुख्य माग संविधान संशोधनप्रति असहमति जनाउँदै आएको एमालेले दोस्रो चरणको चुनावपछि त्यस विषयमा छलफल गर्न तयार रहेको बताएको थियो ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संशोधनको विषयमा प्रतिपक्षी एमालेसँग छलफल गरेर दुई पक्ष फेरि बस्ने गरी बैठक सकिएको छ ।

Share.

About Author

Leave A Reply