राष्ट्रिय जनमोर्चाले बीरेन्द्रनगरमा विरोध सभा गर्याे।

0

राष्ट्रिय जनमोर्चा पार्टी सुर्खेतले बीरेन्द्रनगरमा विरोध सभा गरेको छ ।राष्ट्रिय जनमोर्चाले मुलुकमा दिन प्रतिदिन महंगी, भ्रष्टाचार, हत्या हिंसाका बढ्दै गईरहेको भन्दै यसलार्इ रोक्न माग गरेको छ । जनमोर्चा सुर्खेतका अध्यक्ष गोबिन्द सुवेदीले देशैभर दिनप्रतिदिन भ्रष्टाचार, हत्या हिंसाका घटना बढ्दा पनि सरकार मौन रहेको भन्दै बिरोध सभा गरिएको बताउनु भयो ।अध्यक्ष सुवेदीले सरकारका गलत काममा विरुद्ध पार्टीले आवाज उठाईरहने बताउनु भयो ।पार्टीको राष्ट्रिय कार्यक्रम अनुसार गरिएको विरोध कार्यक्रम अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष तथा पार्टीका पूर्व केन्द्रिय सदस्य चन्द्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

 

Share.

About Author

Leave A Reply