राष्ट्रिय दलित पत्रकार संघले बीरेन्द्रनगरमा अन्तरक्रिया गर्याे।

0

जेठ-२४ सुर्खेत।नवगठित राष्ट्रिय दलित पत्रकार संघ नेपालले सुर्खेतको बीरेन्द्रनगरमा अन्र्तरक्रिया गरेको छ ।

एकहप्ता अघि केन्द्रिय राजधानी काठमाण्डौमा दलित समुदायका पत्रकारहरुले आफ्नो साझा संगठन राष्ट्रिय दलित पत्रकार संघ स्थापना गरेपछी विभिन्न जिल्लाका दलित समुदायका पत्रकारहरुसंग अन्तरक्रिया थालेको हो।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका सचिव सन्तोष गन्दर्भले आफनो पेशागत सुरक्षा र हक अधिकारकोलागि संगठित हुनुपर्छ भन्ने दायित्व बोध गरेर पहिलो पटक संघको गठन गरिएको बताउनु भयो ।

उहाँले प्रादेशिक र जिल्लागत संगठनको स्थापना गरी ७७ वटै जिल्लामा रहेका दलित पत्रकारहरुलाई संगठित गर्ने लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले पत्रकारीता पेशा मै टिक्न गाह्रो भएको भन्दै अझ दलित समुदायबाट आउनेहरुलाई झनै समस्या भएको उल्लेख गर्नुभयो।

पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले दलित समुदायका समस्या , गुनासो र प्रमुख ऐजेण्डाहरु बुलन्द गर्न दलित समुदायलेपनि आफ्नै मिडिया सञ्चालन गर्न तर्फ अग्रसर हुनुपर्ने बताउनु भयो ।

 

Share.

About Author

Leave A Reply