राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्यो ।

0

वैशाख १४ – राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनकालागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।एक कार्यक्रमबिच पार्टि अध्यक्ष कमल थापाले संकल्प पत्र सार्वजनिक गर्दै पार्टीले जिते पाँच वर्षभित्र स्थानीय तहका सबै वडामा सडकको पहुँच पर्याउने बताउनु भयो ।सार्वजनिक गरिएको राप्रपाको संकल्प पत्रमा गाउँपालिका र नगरपालिकाभित्रका प्रत्येक घरमा बिजुली र खानेपानी पुर्याइने प्रतिबद्धता गरिएको छ ।यस्तै प्रत्येक वडामा ५ वर्षभित्रमा मोटरबाटो र्पुयाउने, स्थानीय तहमा कम्तीमा २५ बेडको एउटा अस्पताल निर्माण गरिने, योजनाबद्ध विकास गर्ने लक्ष्य राखेको उक्त संकल्प पत्रका उल्लेख गरिएको छ ।यस्तै पार्टीले प्रत्येक परिवारमा कम्ती एकजनालाई रोजगारी उपलब्ध गराइने पनि घोषणा गरेको छ । यस्तै स्थानियमा २५ जना भन्दा बढीलाई रोजगारी दिने उद्योग–तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने प्रतिबद्धता समेत जनाएको छ ।यसैगरि पार्टीले आगामी १० वर्षभित्र सबै नागरिकलाई गरिबीको रेखा भन्दा माथि र्पुयाउने बाचा पनि गरेको छ । गाउँ–नगरपालिकाको बजेटको १५ प्रतिशत महिलाको शिक्षा, स्वास्थ्य तथा रोजगारी मूलक कार्यक्रममा बिनियोजित गरिने समेत पत्रमा उल्लेख गरिएको छ ।यसैगरि गाउँ–नगरपालिकाहरुमा ५ वर्ष भित्र कम्तीमा एउटा खेलमैदान वा रङ्गशाला तथा कभर्ड निर्माण गरिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Share.

About Author

Leave A Reply