राष्ट्रिय प्रजातन्त्र पाटीले पार्टी प्रशिक्षण कार्यक्रम गर्दै।

0

मंसीर-२६सुर्खेत।

राष्ट्रिय प्रजातान्तिक पाटीले यही मंसिर २७ र २८ गते कर्णालीको राजधानिमा पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ।वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर राप्रपाले कर्णाली प्रदेशका सवैगाउँ नगर, क्षेत्र र जिल्लाका नेता तथा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने जनाएको छ।पार्टी प्रशिक्षणमा केन्द्रीय अध्यक्ष कमल थापा, प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेन लगाएतका नेताहरु सहभागीहुने राप्रपाले जनाएको छ।राप्रपा प्रजातान्त्रीकले अहिले ७ ओटै प्रदेशमा पार्टी प्रशिक्षणको क्रमलाई निरन्तर दिएको छ।राप्रपाले राजसंस्था सहितको हिन्दु राज्य स्थापनाका लागी पार्टीले फाल्गुण ७ गते काठमान्डौमा वृहत आन्दोलन गर्ने तयारी  गरेको छ।राप्रपा कर्णाली प्रदेश अध्यक्ष धन वहादुर बुढाले अहिलेको संविधानलाई आफुहरुले स्वीकार गरेपनि हिन्दु राज्य स्थापनाका लागी जनमत सृजना गरी शंसोधन गर्ने बताउनु भयो।उहाँले निर्वाचनले मात्रै पार्टीको भविष्य निर्धारण नगर्ने ठोकुवा गर्दै आगामी निर्वाचनमा आफहुरु नयाँ रणनितिका साथ अगाडी बढ्ने बताउनुभयो।पाटीका केन्द्रिय सदस्य समेत रहनुभएका बुढाले राप्रपाले अंगालेको हिन्दु राज्यको पक्षमा अहिले अन्य दलहरुपनि आएको जिकिर गर्नुभयो।

Share.

About Author

Leave A Reply