राष्ट्रिय मानवअधिकार आयोगको वाषिर्क प्रतिवेदन संसदमा पेस ।

0

चैत २६ – सरकारले राष्ट्रिय मानवअधिकार आयोगको वाषिर्क प्रतिवेदन संसदमा पेस गरेको छ । संसदीय समितिका सांसदहरु तथा सरोकावाला निकायको दबाबपछि सरकारले तीन वटा आर्थिक वर्षको वाषिर्क प्रतिवेदन एक साथ बैठकमा पेश गरेको हो।संसद बैठकमा कानुन मत्री अजय शंकर नायकले आयोगको आर्थिक वर्ष २०७०/७१, ०७१/०७२ र ०७२/०७३ को वाषिर्क प्रतिवेदन पेश गर्नु भएको हो ।यसअघि संसदीय समिति तथा सांसदहरुले आयोगको प्रतिवेदन सदनमा पेश हुनुपर्ने भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।बैठकमा उर्जा मन्त्री जनार्दन शर्माले विद्युत नियमन आयोग विधेयक २०७३ प्रस्तुत गर्नुभएको छ ।बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले फौजदारी कसूर -सजाय निर्धारण तथा कार्यान्वयन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नु भएको छ ।सामाजिक व्यवहार सुधार विधेयक सम्बधी समितिको प्रतिवेदन २०७३ र राज्य व्यवस्था समितिको वाषिर्क प्रतिवेदन २०७३ पनि बैठकमा पेश भएको छ ।बैठकको शून्यसमय तथा विशेष समयमा बोल्दै सांसदहरुले सार्वजनिक महत्वका विषय, स्थानीय समस्या लगायतमा संसद् र सरकारको ध्यानाकर्षण गराएका छन ।

Share.

About Author

Leave A Reply