राष्ट्रिय शिक्षा निति प्रति शिक्षकहरु असन्तुष्ट।

0

माघ-२६ सुर्खेत।सरकारले ल्याएको राष्ट्रिय शिक्षा निति शिक्षकहरुको हित विपरित भएको शिक्षकहरुले गुनासो गरेका छन।

आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भएको प्रथम प्रदेस परिषदको बैठकमा शिक्षकहरुले यस्तो बताएका हुन।

उनिहरुले आफुहरुका माग प्रति सरकार  गम्भिर नभएको भन्दै आफुखुशि ऐन नियम ल्याएको भन्दै असुन्तुष्टी जनाएका छन।

उनीहरुले सबै जिल्लाको शिक्षा प्रणाली एउटै हुनुपर्ने माग गर्दै यसप्रति सरकार जिम्मेवार हुनपर्नेमा जोड दिएका छन।

अहिले पनि शिक्षकहरुले दुरदरजामा रहेका ठाँउहरुमा शिक्षा प्रदान गरिरहेको भन्दै शिक्षक र अन्य कर्मचारीहरुलार्इ गर्ने व्यवाहर फरक रहेको बताएका छन।

कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितीका अध्यक्ष बाबुराम थापाले शिक्षालाई गुणस्तरिय बनाउनको लागी सरकारले शिक्षामा धेरै लगानी गर्नुपर्ने बताउनुभयो।

उहाँले आफुहरुले मार्गचित्र बनाएर  सरकारलार्इ जानकारी गराएपनि आफुहरुको हित विपरीत शिक्षा निति आएको बताउनुभयो। 

उहाँले अहिले पनि धेरै शिक्षकहरु न्युन प्रारिश्रमिकमा काम गर्न बाध्य भएको भन्दै उनिहरुलार्इ उचित सेवाको व्यस्था गर्नुपर्ने माग गर्नुभयो।

कार्यक्रममा कर्णाली प्रदेस शिक्षक संगठनका उपाअध्यक्ष रुद्रबहादुर चन्द्रले शिक्षकहरुका माग प्रति सरकार सकरात्मक हुनुपर्नेमा जोडदिनुभयो।

कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका शिक्षकहरुको सहभागीता रहेको थियो।

 

 

Share.

About Author

Leave A Reply