राष्ट्रिय संरिक्षत क्राक्रेबिहारमा जंगलमा चोरी शिकारी बढ्यो।

0

जेठ ४ सुर्खेत,कर्णाली प्रदेशको पर्यटकिय क्षेत्र काँक्रेविहारमा लकडाउनको अवधिमा पाँच वटा जरायो मारिएको पुष्टी भएको छ।

लकडाउनको समयमा संरक्षित क्षेत्रमा विभिन्न व्यक्रिहरुले चोरी सिकार गर्ने क्रममा जारायो मारेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।

वन क्षेत्रमा चोरी सिकारी बढिरहेको गुनासो आर्इरहेको बेला पर्यटकिय क्षेत्रमा यसरी जगंली जनावरहरु मारिने क्रम बढिरहेको छ।

अहिले सम्म चोरी सिकार गर्ने कुनै पनि व्यक्रि भने प्रकाउ परेका छैन।

डिभिजन वन कार्यलय सुर्खेतका प्रमुख गोविन्द्र दाहलले चोरी सिकारी गर्नेहरुको अनुसन्धान भर्इरहेको बताउनुभयो।

उहाँले जंगलमा कोही नभएको मौका छोपेर चोरी सिकारी गर्ने क्रम बढेको भन्दै वन कार्यलयले अहिले निमित गस्ती बढाएको बताउनुभयो।

यस्तै संरक्षित क्षेत्र काँक्रेविहार भित्र नै मसालका रुखहरु वन कार्यलयले आफुखुशि काटेको स्थानियले बताएका छन।

नेपालकै एक मात्र राष्ट्रिय संरक्षित क्षेत्र काँक्रेविहारमा कुनै प्रकार रुख, विरुवा काट्न नपाइने नियम हुदाँ पनि वन कार्यलयले खुलेआम रुख काटेको स्थानियले बताएका छन।

उनिहरुले त्यसक्षेत्रमा रहेका रुख, विरुवालार्इ आरा लगाएर काट्दा समेत नियमक निकायल  मुखर्दशक बनेको बताएका छन।

अहिले काँक्रेविहारको गेट नजिकै रहेका रुखहरु जथाभाविरुपमा काट्ने काम वन कार्यलयबाटै भएको स्थानियको भनार्इ छ।

उनिहरुले संरक्षित क्षेत्रमा रहेका रुख काट्न नपाउने नियम हुदाँहुदै पनि वन कार्यलयले निति नियमको उल्लघंन गरेर रुख काटेको बताएका छन।

यता डिभिजन वन कार्यलयले भने रुख काटेको नभएर रुखका हागाँहरु काट्छाट् गरेको जनाएको छ।

हावाहरुको समयमा क्षेति पुर्याउने भएकाले स्थानिय जनप्रतिनिधिकै रोहबरमा रुखहरुका हाँगाँ काटिएको डिभिजन वन कार्यलयका प्रमुख दालहले बताउनुभयो।

पुराना भएका रुखहरुले त्यहाँ बस्ने आफ्ना कर्मचारीहरुमा सुरक्षा चुनौती थपिएको भन्दै हाँगाहरु काटिएको दावी गर्नुभयो।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुरेश मान्धरले वडाकै समन्वयमा रुखका हागाँहरु काटिएको दावी गर्नुभयो।

उहाँले स्थानियले रुख काटिएको गुनासो गर्नु सकरात्मक रहेको भन्दै वन कार्यलयका कर्मचारीकै सुरक्षाको लागी हागाँ काटिएको बताउनुभयो।

Share.

About Author

Leave A Reply