राष्ट्रिय सभा निर्वाचन अध्यादेशको गाँठो दलीय सहमतिबाटै फुकाउन वाम गठबन्धनका नेताहरुलाई राष्ट्रपतिको आग्रह।

0

पुष–६।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको गाँठो दलीय सहमतिबाटै फुकाउन वाम गठबन्धनका प्रमुख नेताहरुलाई आग्रह गर्नुभएको छ।सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमै रोकिदा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहेका राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसंगको भेटमा दलीय सहमति जुटाउन आग्रह गर्नुभएको हो।राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले छलफल गरेर छिट्टै टुंगोमा नेताहरूलार्इ आग्रह गरेको बताउनु भयो।राष्ट्रपतिले विगतमा पनि दलहरुको सहमतिमै विवादहरु टुंगिएको उल्लेख गर्दै लोकतन्त्रकालागि सँगै लडेका दलहरुबीच आपसी छलफल र सहमतिबाटै यस्ता विवाद समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ।विधेयक प्रमाणिकरण गर्ने/नगर्ने विवादले संवैधानिक संस्थाहरु विवादमा आउन राम्रो नहुनेतर्फ राष्ट्रपतिले संकेत गर्नुभएको छ।ओली र दाहालले भने सरकारले संविधानको भावना विपरीत अध्यादेश ल्याएको भन्दै विवाद समाधानकालागि सरकारले अग्रसरता नलिएको आरोप लगाउनु भएको छ।

Share.

About Author

Leave A Reply