राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सुर्खेतको वीरेन्द्रनगरमा पनि प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना।

0

पुष–३० सुर्खेत।माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न ढिलाई गर्दा निर्वाचन अधिकृतको कार्यालय कहाँ स्थापना गर्ने भन्ने अन्यौलताकाबिच उच्च अदालत रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बाटो खुलेको हो।प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाकालागि ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ जना दलित गरी ८ जना निर्वाचित हुने छन्।यस्तै प्रदेश नम्बर ६ का गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका गरी ४० जना गरी १ सय ९८ जना मतदाता रहेको निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस मेदिनिप्रसाद पौडेलेले जानकारी दिनुभयो।निर्वाचन अधिकृत पौडेलले राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ र मर्यादित ढंगबाट सम्पन्न गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ।यस्तै निर्वाचन अधिृकत कार्यालयले निर्वाचनको समय तालिका समेत सार्वजनिक गरेको छ।कार्यतालिका अनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र प्रकाशित नामावलीमाथि दाबी विरोध गर्ने जनाएको छ।यस्तै माघ ८ र ९ गतेका दिन उजुरी उपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ।यसैगरी माघ १० गतेका दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गरी उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ।यसैगरी मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिनकालागि माघ ११ र १२ गते तोकिएको छ।यस्तै उजुरी उपरको छानबिन गरी आयोगले माघ १३ गते जाँचबुझ गरी निर्णय गने र माघ १४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएको छ।यस्तै माघ १४ र १५ गतेका दिन उम्म्ेद्धवारले दिन फिर्ता लिन सक्ने र १५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकारी पौडेलको भनाई छ।यसैगरी माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिईने र माघ २४ गते बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालीका रहेको छ।निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदी, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवाल, नेपाली कांग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष अन्नत पौडेल लगायतले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नकालागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

Share.

About Author

Leave A Reply