रुकम घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर।

0

असार १ गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन भने एक जनालाई मतियारको रुपमा राखिएको छ।

बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको जनाइएको छ।

जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले मुद्दा दर्ता गरिएको र आजबाट थुनछेक बहस सुरु गरिने बताउनुभयो।

उनीहरुलाई आजीवन कारावासको माग गरिएको छ ।

मुद्दा लागेकामध्ये पाँच जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन।

घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन्।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए।

त्यही क्रममा ६ जनाको ज्यान गएको थियो।

 

 

 

Share.

About Author

Leave A Reply