रुकुमपश्चिम घटनामा पक्राउ परेका लाई १० दिन थुनामा राख्न अदालतको अनुमति ।

0

सुर्खेत जेठ २२, रुकुम पश्चिम सोती घटनामा पक्राउ परेका वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १८ जनालाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुम पश्चिमले अनुमति दिएको छ।

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताउनुभयो।

अदालतले उनीहरुलाई घटनामा संलग्नको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो।

घटनामा संलग्न भएको भनी मृतकका परिवारले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन।

पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा २ जना अझै फरार छन।

जेठ १० गते शनिबार मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले गरेको आक्रमणमा ६ जनाको ज्यान गएको थियो।

घटनामा जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित छ जनाको शव भेरी नदीमा भेटिएको थियो।

 

 

 

 

Share.

About Author

Leave A Reply