रुपन्देहीका २९ संक्रमित निको भएर घर फर्किए।

0

जेठ १९, रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्यले जनाएको छ।

निको हुनेमा एक जना ४ बर्षीय बालिकादेखि एक भारतिय नागरिक समेत रहेको महाशाखा प्रमुख उमाशंकर चौधरीले बताउनुभयो।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये कसैलाई पनि गम्भीर लक्षण नदेखिएको बताउनुभयो।

सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या देखिएको थिएन।

उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गर्नुभएको हो।

यस्तै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट ४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रदेश ५ मा हालसम्म ७७ जना कोरोना जितेर घर फर्किसकेका छन भने देशभर निको हुनेको संख्या २ सय ४९ पुगेको छ।

Share.

About Author

Leave A Reply