रेडियो भेरी आजबाट १५ वर्षमा प्रवेसः

0

बैशाख १४,सुर्खेत−भेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्बारा संचालित रेडियो भेरीले आज १४ औ बार्षिक उत्सब मनाएको छ।

बिक्रम सम्बत २०६१ साल बैशाख १४ गते सयवाट क्षमतामा १०६ थोप्लो ४ मेगाहर्जमा प्रसारण शुरु गरेको रेडियो भेरिले अहिले ५०० वाटमा हर्रेबाट ९८ थोप्लो ६ र सय वाटमा बीरेन्द्रनगरबाट १०२ थोप्लो ७ मेगाहर्जमा आफ्नो सेवा दिर्इरहेको छ।

अहिले बिहान ५ बजेदेखि राती १० बजेसम्म दैनिक १७ घन्टा प्रसारण हुँदै आएको रेडियो भेरिले १४ वटा समाचार बुलेटीन सहित सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको छ।

कर्णाली प्रदेश, पाँच नम्बर प्रदेश र सात नम्बर प्रदेशका साथै भारतका आधा दर्जन बढी जिल्लामा समेत आफ्नो पहुँच स्थापित गरेको छ।

रेडियोले यसक्षेत्रका कला संस्कृति,साहित्य तथा भाषा र भेषमुषा अनि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वर्द्धनका साथै यसलार्इ एक अर्को समूदायसम्म पुर्याउन पुलको काम पनि गरेको छ।

सामाजिक एंव धार्मिक सद्भभाव बलियो बनार्इ भार्इचारा र बन्धुत्वको भावना जागृत गर्ने दिशामा रेडियो सधै गम्भिर र संवेदनशिल रहेको छ।

राष्ट्रियता,लोकतन्त्र,मानवअधिकार,बिधिको शासन र समतामुलक समाज निर्माण लगाएतका बिषयमा समर्पित गर्दै रेडियो भेरीले परिवर्तनको संवाहकका रुपमा काम गर्दै आएको छ।
यसअवसरमा रेडियो भेरी अझ प्रभावकारी रुपमा थप जिम्मेवार र जनउत्तदारयी भएर तपार्इकै आवश्यकता र चाहाना अनुरुप समाचार, सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

रेडियो भेरी, तपार्इ सबै सुभेच्छुक एंव बिज्ञापन दाताहरुको माया र सहयोगका कारण यो अवस्थामा आएकोले आगामी दिनमा पनि उचित सल्लाह र सुझावको अपेक्षा सहित हादिक आभार व्यक्त गर्दछ।

यसैबिच बार्षिक उत्सव कार्यक्रमको उद्घघाटन गर्दै पुर्ब सहकारी तथा गरिबी निवारण मन्त्री ह्रदयराम थानीले लोकतन्त्र स्थापन र संविधान निर्माणमा रेडियो भेरीले महत्वपुर्ण योग्दान पुर्याएको उल्लेख गर्नु भयो।

उहाँले अब रेडियो भेरीले सम्रग कर्णाली प्रदेशको अग्रणी संञ्चारमाध्यमको भुमिका निर्बाह गर्नुपर्ने समय आएको भन्दै यसलार्इ समय अनुसार परिबर्तन गर्न जरुरी रहेको बताउनुभयो।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका थानीले रेडियो भेरिले सधै जनताप्रति उत्तरदायि भएर सहि सुचनालार्इ छिटो र छरितो ढङगले प्रस्तुत गर्न सुझाब दिनुभयो।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले रेडियोले यस क्षेत्रका विभिन्न मुद्धालार्इ प्रमुख रुपमा उठाउँदै समाधानकालागि जिम्मेवार निकायलार्इ निरन्तर दबाब दिन सुझाँब दिनुभयो।

उहाँले रेडियो भेरीले तत्कालिन नेकपा माओबादीको सशस्त्र द्घन्द र २०६२÷६३को जनआन्दोलन को समयमा पनि महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै बधार्इ दिनुभयो।

कार्यक्रममा रेडियो भेरिका अध्यक्ष नारायण कोर्इरालाले रेडियोलार्इ यो अबस्थामा सम्म ल्याउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै अब जस्तो सुकै चुनौतीको समाना गर्न तयार रहेको उल्लेख गर्नुभयो।

उहाँले स्थापनाको १४ बर्ष सम्म आफुहरु कुनै पनि कुरामा बिचलित नभएको भन्दै आगामी दिनहरु निति निर्माण कार्यन्वायनमा रेडियोले जोड दिने बताउनुभयो।

Share.

About Author

Leave A Reply