रेड पाण्डाको छाला सहित बाँकेमा पाँच जना प्रकाउ ।

0

भदाै ३०,  दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित बाँके प्रहरीले बाँकेको बैजनाथस्थित एक रेष्टुरेन्टबाट ५ जनालाई नियन्त्रणमा लिएको छ।

रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा पाँचजनालाई रंगेहात पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख  ओम रानाले बताउनु भयो ।

पक्राउ पर्नेहरुमा देव बहादुर बाठा, इन्द्र बहादुर नेपाली, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण बली रहनु भएको छ ।

प्रहरीले पक्राउ पर्नुभएका इन्द्रबहादुर नेपालीले जाजरकोटका लोकेश सिंहबाट यो छाला १ लाख नगदमा खरीद गरेको तथ्य फेला परेको जनाएको छ ।

नेपालीको सहयोगमा खरीद गरिएको छाला कृष्ण वली, गणेश वि.क. लगायतले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्रि गर्ने उद्देश्यले बाँके ल्याएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले नङ्ग्रा, दाँत सहितको रेड पाण्डाको छाला बरामद गरेको हो ।

पक्राउ परेकालार्इ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

Share.

About Author

Leave A Reply