कर्णालीका मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता ।

0

असोज २५,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन।

सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन।

सांसदहरुले संसदिय दलका नेता तथा मुख्यमन्त्रीकै रोहवरमा अविश्वासको प्रस्ताव दर्ता गराएको जनाएका छन।

प्रस्ताव दर्ता पछि पत्रकार सम्मेलन गर्दै सांसद यामलाल कँडेलले गरेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो।

उहाँले सरकार संघियताको भावना विपरित हिड्न खोजेको, जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको बताउनुभयो। 

नेकपा सं‌सदीय दल र सरकारमा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको उहाँको आरोप छ।

नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै नेता कँडेलले यो निर्णयबाट पछि नहट्ने बताउनुभयो।

सरकार गठन भएको तिन बर्षसम्म पनि अपेक्षित विकास गर्न नसकेको भन्दै मुख्यमन्त्री शाहीले बाटो तत्काल बाटो खुल्ला गर्न सांसदले आग्रह गरेका छन्।

यसैबीच कर्णालीमा नेकपाका ३३ जना सांसद छन।

एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन।

प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ।

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन।

कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन भने माओवादीका १३ जना सांसद छन्।

अविश्वासको प्रस्तावमा साविक माओवादीका तिन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।

नेपाल सङ्घीय प्रणालीमा गएदेखि कुनै पनि प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अगाडि सारिएको यो पहिलो घटना हो।

 

Share.

About Author

Leave A Reply