कर्णालीका तीन जिल्ला सडक सञ्जालमा  जोडिए।

0

साउन २४, सुर्खेत-करिब १४ वर्षको अवधिमा कर्णाली प्रदेशका तीन जिल्ला सडक सञ्जालमा  जोडिएका छन।

जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई सडक सञ्जालमा जोडेर नेपाली सेनाको सडक निर्माण कार्यदल फर्किएको हो।

नेपाली सेनाको देवस्थल कैनकाँडा चौरजहारी तथा छिन्चु जाजरकोट डोल्पा दुनै सडक निर्माण कार्यदलले तीन जिल्लालाई सडक सञ्जालमा जोडेको हो।

२०६१ सालमा सल्यानको सल्लीबजार बेस क्याम्पबाट सेनाले सडक निर्माणको काम थालेको थियो।

सल्लीबजारदेखि सडक निर्माण थालेपछि सेनाले २०६५ सालमा रुकुम चौरजहारी र जाजरकोट खलंगामा सडक पुर्याएको हो भने २०७५ सालमा डोल्पालाई सडक संजालमा जोडेको हो।

११७ किलोमिटर सडकमा जाजरकोटखण्ड ४६, रुकुमखण्ड ३० र डोल्पा खण्ड ४० किलोमिटर जोडेर २ सय ३३ किलोमिटर सडक निर्माण गरिएको हो।

तीन जिल्लालाई सडक सञ्जालले जोड्न सेनाले सातवटा बेसक्याम्प खडा गरेर काम थालेको थियो।

जाजरकोटमा मन्मै र तल्लु बगर,रुकुममा मन्का बगर र त्रिवेणी तथा डोल्पामा खदाङ, घाउने र सुलिगाड बेसबाट सडक खन्ने काम गरिएको हो।

सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्ववन्धु पहाडीले तीन वटा जिल्लालाई सडक सञ्जालले जोड्ने क्रममा अग्ला भीरहरु, कडा चट्टानहरुको सामना गरिएको बताउनुभयो।

 

 

Share.

About Author

Leave A Reply