कर्णाली प्रदेश कोरोना भाइरसको संक्रमित बढ्दै ।

0

जेठ १८, कर्णाली प्रदेश कोरोना भाइरसको संक्रमित बढ्दै गएका छन।

पछिल्लो पटक सल्यानमा २५, कालिकोटमा १७, बाजुरामा १, दैलेख र सुर्खेत १/१ जनासहित थपिएपछि देशभर संक्रमितको संख्या १४ सय ४६ पुगेको छ।

कर्णाली सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा महाशाखाले कर्णालीका रातिसम्म संक्रमितको संख्या १०५ पुगेको जनाएको छ।

महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको बताउनुभयो।

केन्द्रमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका मात्रै २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

उहाँले कुपिन्डे नगरपालिका-१,२, ३, ४, ६ र ७ नम्बर वडाका २५ जनामा कोरोना पुष्टि भएको बताउनुभयो।

संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका-१ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन्।

यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन्।

संक्रमित सबै क्‍वारेनटाइनमा बस्दै आइरहेका छन्।

यस्तै वीच योसंगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ।

सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतको बराहताल गाउँपालिका-९ का एकजनामा कोरोना पुष्टि भएको छ।

कालिकोटमा १७ जना संक्रमित  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा हिजो साँझ १९ जना नयाँ संक्रमित थपिएका छन।

गएराति थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभर संक्रमितको संख्या २०८ पुगेको थियो।

कर्णालीमा थपिएपछि  रातिसम्म यो संख्या बढेर २३४ पुगेको छ।

पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।

त्यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका थिए।

त्यसअघि स्वास्थ्यमन्त्रालयले दिउँसो १ सय ८९ को पुष्टि गरेको थियो।

 

 

 

 

Share.

About Author

Leave A Reply