लेकबेशी नगरपालीकाले बीरेन्द्रनगरको तुलनामा ९ गुणा बढि कर बढ्यो।(अडियो रिपोट सहित)

0

मधुवन बीसी सुर्खेत,सुर्खेतको लेकबेशीले नगरपालिकाले असोभाविक ढङगले कर बढाएको भन्दै आपत्ती जनाएका छन।

उनिहरुले आफुहरुलार्इ मर्कापर्ने गरी निर्धारण गरेको दरलाई संशोधन गर्न र हालसम्म तिरीसकेको रकम फिर्ता गर्न माग गरेका छन।

स्थानिय सरकार आएसंगै आफहुरुले धेरै सेवा सुविधा पाउने अपेक्षा गरेपनी त्यसो हुन नसकेको बताएका छन।

उनिहरुले नगरपालीकाले जनताको मर्म नबुझी आफुखुशी कर बढाएको गुनासो गरेका छन।

लेकबेशी नगरपालीकाले कम आय भएको बर्गलाई पनी मर्कामा पर्ने गरी करको दायरा ह्वातै बढाएको छ।

नगरपालीकाले अहिले १० लाख बराबरको एकिकृत सम्पत्तिको करको मुल्य ९ सय रुपैयाँ तोकिएको छ। बज की त्यो बीरेन्द्रनगरको तुलनामा ९ गुणा बढि हो।

लेकबेशी नगरपालीका १ का घनश्याम पौडेललार्इ नगरपालीकाले आफुखुशी जनताको ढाडै सेक्ने गरी कर असुली गरेको लागेको छ।

लेकबेशी नगरपालीकाले चार लाखको एकसय रुपैयाँ १० लाखको ९ सय र एक करोडको ४२ सय रुपैयाँ कर तोकेको छ।

यो गरिबलाई थोरै र धनीलाई धेरै दरमा कर लाग्ने करको समान्य सिद्धान्त बिपरित मानिन्छ।

धेरै कर तोकेको भन्दै त्याहाँका स्थानिय बासीले संशोधन गर्न माग समेत गरेका छन। एकृकित सम्पतिको कर भनेको एउटै व्यक्तीको नाममा भएको सबै जग्गाको एउटै रसिदमा रकम तिर्नुपर्ने नियम हुन्छ।

तर लेकबेशीक नगरपालीकाले त्यसो गरेको छैन। नगरपालीकाले एकृकित सम्पती करको नाममा एउटै व्यक्तीलार्इ चारवटा रसिद कटाएको लेकबेशी ३ का मधुसुदन आचार्यको भनार्इ छ।

यसअघि करको दायरा धेरै तोकेको भन्दै नेपाली कांग्रेसले लेकबेशीले यसलार्इ संशोधन गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझार्इ सकेको छ।

करको दायरा यसरी किन बढाउन आबश्यक रहेयो त जनताले तिरको कर अब फिर्ता हुन्छ त लेकबेशी नगरपालीका उपप्रमुख शान्ति कुमारी छन्तेल।

 

 

Share.

About Author

Leave A Reply