लैंगिक हिंसा हटाउन पुरुषवादी सोच त्याग्नुपर्ने सरोकारवालाको भनार्इ।

0

मंसीर १९ सुर्खेत।लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका विषयक २ दिने प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सुरु भएको छ।संघिय सरकारको महिला बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा   कर्णालीका विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थितीमा अन्तरक्रियामा सुरु भएको हो ।अन्तरक्रियाको उद्धघाटन सत्रमा महिला बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसाका घटना बढिरहेको सन्र्दभमा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहबाटै बलियो संयन्त्र बनाएर जानुपर्ने बताउनुभयो ।यस्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संवैधानीक र कानुनी दृष्टिकोणबाट महिलाहरुको अवस्था सुधार भएको देखिए पनि अझै पनि हिंसाका घटनामा कमि आउन नसकेको बताउनुभयो ।मन्त्री ज्ञवालीले महिला हिंसाको न्युनिकरणकालागि सबैले आआफ्नो तहबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोचका कारण नकारात्मक बाटोसम्म पुग्ने भन्दै सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका संयोजक सांसद निरुदेवि पालले महिला हिंसा न्युनिकरणकालागि केहि पुरुषहरुको पुरातनवादी सोचमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।

 

Share.

About Author

Leave A Reply