लैङ्गिक हिंसा विरुद्धको अभियान शुरु।

0

मंसिर ९,सुर्खेत आजदेखी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान शुरु हुदैछ।

सरकारले सातै प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र बिभिन्न संघ संस्थालाई यो अभियानलाई दिवसका रुपमा मनाउन आह्वान गरेको छ।

२०५४ सालदेखि लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रमगरी यो दिवस मनाउन सुरु गरिएको हो।

लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले अभियान आयोजना गरिएको हो।

आजदेखि मंसीर २४ गतेसम्म यो अभियान संचालन गर्ने निर्णय गरेको हो।

अभियानको अवसरमा बीरेन्द्रनगरको मंगलगडीचोक बाट र्यालीको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।

समानताको पुस्ता बलात्कार विरुद्धको ऐक्यक्दता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको दिवस मनार्इदै छ।

दिवसको अवसमार र्याली,जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने लैङ्गिक हिंसा विरुद्धको स्टिक टाल्ले उपप्रमसख ढकालले बताउनुभयो।

यसैबीच अभियानलार्इ सफल बनाउन उपप्रमुख मोहनमाया ढकालको संयोजकतामा समिति गठन गरिएको छ।

दिवस मनार्इ रहदाँ पनि महिलामाथि हुने हिसाँका घटाहरुमा कमी नआएको अधिकारकर्मीहरुले बताउदै आएका छन।

अहिले पनि हत्याँ, हिसाँ, बलात्कार लगायतका महिला माथि विभिन्न घटनाहरु हुने गरेका छन।

यस्तै जिल्ला अदालत सुर्खेतमा चालु आर्थिक बर्षको चार महिनामा २ सय ८२ वटा मुद्धा दर्ता भएका छन।

दर्ता भएका मुद्धामा सबै भन्दा धेरै सम्बन्ध विच्छेद,जरवजस्तीकरणी,घरेलु हिसाँ बहुविवाहा र बालविवाहका मुद्धा रहेका छन।

 

 

Share.

About Author

Leave A Reply