विद्यादेवी भण्डारी संघीय नेपालको पहिलो राष्ट्रपति बन्न सफल।

0

सुर्खेत फागुन ३०। बामगठबन्धनका विद्यादेवी भण्डारी दोस्रो कार्यकालकालागि राष्ट्रपति निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भन्डारी संघीय नेपालको पहिलो राष्ट्रपति बन्नुभएको हो ।
भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११ हजार ७३० मतभार पाएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल पहिलो महिला राष्ट्रपति बन्नुभएका भन्डारी संघिय नेपालको पहिलो राष्ट्रपति समेत बन्नुभएको छ ।
मतदानमा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँचजना र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका छन ।
दुवै उम्मेद्वारलाई मतदान नगर्ने निर्णय गरेका कारण नयाँ शक्ति, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका मतदाताले मतदान नगरेका हुन।
संघीय संसदका ३ सय २६ र प्रदेशसभाका पाँचसय ४९ सदस्य मध्ये पाँचसय ३६ जनाले मतदान गरेका छन् ।
संघीय संसद् सदस्यको मतभार ६९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
मतभार फरक–फरक भएकाले निर्वाचन आयोगले मतपत्रसमेत दुई थरिका व्यवस्था गरेको थियो ।

Share.

About Author

Leave A Reply