विद्यालय तथा शौचालय अपाङ्गमैत्री हुनुपर्नेमा जाेड।

0

माघ-२८ सुर्खेत।वीरेन्द्रनगरमा सामुदायिक विद्यालय तथा शौचालय अपाङ्गमैत्री निमार्ण हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोडदिएका छन।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन।

सहभागीहरुले कर्णाली प्रदेश सरकारको राजधानीको रुपमा रहेको बीरेन्द्रनगर बजारमा प्रभावकारी अनुगमन नहुँदा आखाद्यबस्तु तथा मिसावट गरिएका खाद्य वस्तुहरु बिक्रीबितरण भैहेको औंल्याएका छन।

उनीहरुले मापडण्ड विपरितका सामानहरु बिक्रीबितरण भैरहेको, छाडा गाईबस्तु व्यवस्थित नगरिएको, अटोरिक्साले मनोमानी रुपमा भाडालिने गरेको र निमार्ण सामाग्रीहरु बीच सडकमै राखिदा दुर्घटना बढेको बताएका छन।

यस्तै वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधी र उपचार नगरिएको,स्वास्थ्यकर्मीहरुको व्यवहार बिरामीमैत्री नभएको, गर्भवती महिला तथा जेष्ठ नागरिकहरुलाई सहज रुपमा उपचार सेवा नदिइएको बताएका छन।

मानव अधिकार समुह वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सदस्यहरु, युवा तथा बालक्ल्वका प्रतिनिधी अधिकारकर्मी, कृषक समुहका प्रतिनिधी र सरोकारवालाहरुको सहभागिता रहेको छ।

इन्सेक प्रदेश कार्यालयका कार्यक्रम संयोजक डिलबहादुर चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको हो।

 

Share.

About Author

Leave A Reply