विपक्षी दलका सांसदहरुद्धारा व्यवस्थापिका संसद बैठक अवरुद्ध ।

0

बैशाख २३- विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन्।
आज दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो।
बैठक शुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए।
बिरोधकै बिचबाट सभामुखले महाअभियोग प्रस्तावका प्रस्तावक सांसद मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिनुभएको थियो।
विपक्षी सांसदहरुको लगातारको नाराबाजीपछि संसद बैठक आइतबार सम्मका लागि स्थगित भएको छ।
यसअघि आजको पहिलो बैठकमा एमालेको नाराबाजीबीच महाअभियोग प्रस्तावमाथि छलफल गर्ने समय तोकिएको थियो।
स्वेच्छाचारी काम गरेको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध बैशाख १७ गते संसदमा महाअभियोग दर्ता गराएका थिए।

Share.

About Author

Leave A Reply