विप्लव नेतृत्वको नेकपाको त्रास कर्णाली प्रदेशमा बढ्दै।

0

फागन २९ सुर्खेत । विप्लव नेतृत्वको नेकपाको त्रास कर्णाली प्रदेशमा बढ्न थालेको छ।बिप्लव समुहले कर्णाली प्रदेशमा रहेका जनप्रतिनिधिसंग टेलिफोनमार्फत चन्दा माग्ने धम्कयाउने गर्न थालेको जनप्रतिनिधिहरुले बताएका छन।बिषेश गरेर कर्णालीका दुर्गमक्षेत्रका जनप्रतिनिधिहरु त्रसित भएका छन ।विपल्ब समुहले विकास बजेटको ५ प्रतिशत रकमपाटीलार्इ दिनुपर्ने भन्दै स्थानियतहलार्इ पत्राचार समेत गर्ने गरेको जनप्रतिनिधिहरुको भनार्इ छ।यस्तै कर्णाली प्रदेश सभाका साँसदहरुले पनि विप्लब समुहको गतिविधि बढ्दै गएको प्रति कर्णाली सरकारको ध्यानआकर्षण गरेका छन।यसैबीच सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो।परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेको र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने बताउनुभयो।आपराधिक समूह घोषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नेछ।त्यस्तै विभिन्न राजनीतिक तथा सशस्त्र समूहसँग वार्ता गर्न गठन भएको तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गृहमन्त्रीलाई भेटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिका बारेमा जानकारी दिएको बताउनुभयो। विप्लव समूहलाई निरन्तर वार्ताका लागि आह्वान गर्दा पनि चासो नदेखाइ हिंसात्मक गतिविधिमा संलग्न भएको र नागरिकको जिउधनमाथि नोक्सान पुर्याउने खालका काम गरेकाले सरकार कडा कदम चाल्न बाध्य भएको पाण्डेले बताउनुभयो।

Share.

About Author

Leave A Reply