विवेकशील साझा पार्टीकाे बीरेन्द्रनगरमा आमसभा सम्पन्न।

0

असोज२० सुर्खेत।विवेकशिल साझा पार्टीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नागरिक सम्बोधन तथा संगठन विस्तार कार्यक्रम गरेको छ।पार्टीका नेताहरुले ईतिहासकै शक्तिशाली र स्थायी सरकार हुँदा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।आफुलाई देशको वैकल्पीक राजनितिक पार्टीको रुपमा दाबि गर्दै आएको पार्टीका नेताहरुले पुराना राजनितिक दल र सरकार प्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन।पार्टीका केन्द्रिय संयोजक रबिन्द मिश्रले सरकारले सोचे अनुसारको काम गर्न नसकेको भन्दै जनताको बोल्न पाउने अधिकार माथि नै बन्देज लगाउन खोजेको आरोप लगाउनुभयो।उहाँले कम्य्निष्टको सरकार आए पछि विकास र समृद्धिका आउने आस गरेका जनताले बलात्कार,महंगी र हिंसाको सामना खेप्न बाध्य भएको उल्लेख गर्नुभयो।संयोजक मिश्रले नेतृत्वमा पुग्ने नेताहरुमा क्षमता र ईमानदारीता नहुँदा जनता परिवर्तनको महशुस गर्नबाट सधैँ वञ्चित हुनुपरेको बताउनुभयो। उहाँले आफ्नो पार्टीको मुख्य एजेडानै रोजगारी सिर्जना र भ्रष्टाचार न्यूनीकरण भएकाले योजनावद्ध तरीकाले अघि बढ्ने प्रतिवद्धता व्यक्र गर्नुभयो।कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य केशव दाहालले आफुलाई समाजवाद र प्रजातान्त्रीक दाबि गर्ने ठूला पार्टीहरुले नै कर्णाली प्रदेशलाई सधैँ भरी गरिब प्रदेशको सूभिमा बस्न बाध्य पारेको बताउनुभयो।दाहालले राजनितिक दलले समाजवाद सजना देखाएर भोट माग्ने तर सत्तामा पुगे पछि जनतालाई किर्सने कस्तो समाजवाद हो भन्दै प्रश्न गर्नुभयो।अर्का केन्द्रिय सदस्य प्रकाश परियारले नेपालो राजनीतिक नेतृत्वमा ईमान्दारीता हराउँदै   गएकाले विकास हुन नसकेको आरोप लगाउनुभयो।उहाँले अब देशलाई युवा नेतृत्व आवश्यक परेको भन्दै त्यस्ता युवा विवेकशिल साझा पार्टीमा रहेको दाबि गर्नुभयो।विवेशशिल साझा पार्टी कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

Share.

About Author

Leave A Reply