विश्वकप क्रिकेटमा साउथ अफ्रीकाको पहिलो जित।

0

असार-१।दक्षिण अफ्रिकाले  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।कार्डिफमा भएको अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो ।सोफिया गार्डेन्समा वर्षाले प्रभावित गरेपछि ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा अफगानिस्तानले दिएको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले २८ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।दक्षिण अफ्रिकाको जितमा लागि क्विनटन डी ककले ६८ रनको अर्धशतकीय पारी खेल्नुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ३५ रन जोड्दा नुर अली जाड्रानले ३२ तथा हजरातउल्लाह जजाईले २२ रन बनाउनुभयो।दक्षिण अफ्रीकाले ५ खेलबाट ३ अंक जोडेको छ भने अफगानिस्तान अंक विहिन बन्दै पुछारमा रहेको छ। यस्तै हिजो नै भएको अर्को खेलमा अष्ट्रेलियाले चौंथो जित निकालेको छ ।लण्डनमा भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो। केनिङटन मैदानमा अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो। कप्तान दिमुथ करुनारत्नेले ९७ रनको अर्धशतकीय पारी खेलेपनि श्रीलंकालाई हारबाट जोगाउन सक्नुभएन। टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनाएको हो।जितसंगै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलबाट ४ जित र १ हारसहित ८ अंक जोडेको छ ।५ खेलखेलेको श्रीलंका १ जित, २ हार र २ बराबरी खेल्दै ४ अंक जोडेको छ ।यस्तै प्रतियोगितामा आज निकै चासोका साथ हेरिएको भारत र पाकिस्थानबीचको खेल हुने भएको छ।खेल म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे देखि सुरु हुने छ। भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई अन्य टिमको भन्दा बढी महत्वका साथ लिने गरिन्छ। जारी विश्वकपकै सर्वाधिक चासोको रुपमा यो खेललार्इ हेरिएको छ।भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक खेलेका छन् जसमा हरेक पटक भारत नै विजयी हुँदै आएको छ।

Share.

About Author

Leave A Reply