फागुण २९,सुर्खेत। विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले जितेको छ।
१ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाउनु भयो।
यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाउनु भएको थियो।
यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो।
समान अक भए पनि नेपाल रनरेटको आधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।
अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ ।
विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले हरायो।
0
Share.