विश्वकप फुटबलको सेमिफाइनलका खेल आजदेखि हुने।

0

असार २६ सुर्खेत,विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै छन।पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ।यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ।

गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ। आजको खेलमा फ्रान्सका मातुइदी एक खेलको प्रतिबन्ध पछि फर्किने छन।

क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभरपनि टिममा पर्ने पक्का जस्तै छ।

यता बेल्जियमका लागि थोमर मुनियर दोहोरो पहेलो कार्डका कारण खेल गुमाउनेछन।

फ्रान्सका डिफेन्डर राफेल भारानले बेल्जियम टिम यृवामात्र होइन प्रति खेल परिपक्व भएर अगाडि बढेको छ।

फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन।

फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो।

तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन ।

जसमा दुबैपटक फ्रान्स विजयी भएको छ।

सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शन्यले हराएको थियो। अहिलेसम्मका खेलमा बेल्जियम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ।

Share.

About Author

Leave A Reply