वीरेन्द्रनगरमा  कित्ताकाट अन्योल।

0

भदाै २५,  सुर्खेतको वीरेन्द्रनगरमा  भने कित्ताकाटबारे अन्योल देखिएको छ।

केही वर्षयता जग्गाको अत्याधिक कारोबार हुने वीरेन्द्रनगर नगरपालिकामा पनि कित्ताकाटबारे अन्योल देखिएको छ

पटक–पटक गुरुयोजना निर्माणको कुरा उठे पनि कार्यान्वयन भने हुन सकेको छैन। पछिल्लो समय वीरेन्द्रनगर अव्यवस्थित रूपमा विकास भइरहेको छ।

वि.सं. २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाद्वारा वीरेन्द्रनगरको गुरुयोजना तयार पारिएको थियो।

राजमार्गदेखि उत्तरतर्फको क्षेत्रलाई आवास क्षेत्र र दक्षिणतर्फ कृषि क्षेत्र तोकिएको थियो। तर पछिल्लो समय कृषियोग्य क्षेत्रको रूपमा लिइएको दक्षिणी भागमा धमाधम प्लटिङ्ग गरी घर बनेका छन।

वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा नगरपालिकालेसमेत २०७५ माघ तेस्रो सातादेखि कित्ताकाटमा रोक लगाएको थियो।

वीरेन्द्रनगरभित्र जग्गाको कारोबारमा वृद्धि हुनुका साथै जथाभावी रूपमा कित्ताकाट र घर निर्माण हुन थालेपछि नगरको गुरुयोजना नबन्दासम्मको लागि भन्दै कार्यमा रोक लगाएको हो।

सरकारको पछिल्लो निर्णय कार्यान्वयनका सन्दर्भमा भने वीरेन्द्रनगरमा पनि अन्योल देखिएको हो ।

नगर उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले नेपाल सरकारले ताकेको मापदण्डअनुसार नै यसअघि कित्ताकाटको काम भइरहेको बताउनुभयो।

उहाँले नगरको कित्ताकाटको विषयमा भने केही निर्णय नगरेको भन्दै तत्कालका लागि कित्ताकाट खुला नगरिएको बताउनुभयो।

जहाँत्यहीं बाटो खुलाउने र बस्ती बसाउने गर्दा वीरेन्द्रनगर अव्यवस्थित बन्दै गएको छ। साँघुरा सडक र अव्यवस्थित घरहरू यहाँको पहिचान जस्तै बन्न थालेको हो।

Share.

About Author

Leave A Reply