वीरेन्द्रनगरमा चालकहरुको आँखा जाँच संगै स्वास्थ परिक्षण गरीयो ।

0

पुष-३० सुर्खेत।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ११ सुब्बाकुनामा सवारी साधनका चालकहरुको आँखा जाँच संगै स्वास्थ परिक्षण गरिएको छ।सवारी चालक न्यूनीकरण गर्नका लागी जिल्ला ट्राफिक कार्यालय सुर्खेतको आयोजनामा कार्यक्रम गरीएको हो।कार्यक्रममा कर्णाली प्रदेशका ट्राफिक प्रमूख प्रहरी उपरीक्षक जनकराज पाण्डेले एउटा व्यक्ति स्वस्थ रहे जीबन स्वाथ्य रहने भन्दै सवारी दुर्घटना न्यूनिकरण गर्नका लागी पनी चालकको स्वाथ्य परीक्षण गर्न आबश्यक भएको बताउनु भयो।उहाँले प्रहरीको मात्रै एकल प्रयासले केहि कुरा पनी सम्भब नहुने बताउदै सबैले आ आफ्नो ठाँउबाट सहययोग गर्न समेत आग्रह गर्नुभयो।कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमूख प्रहरी निरीक्षक हरीबहादूर बिसीले अहिले सुर्खेतमा २ सय ४८ बटा जनचेतना मूलक कार्यक्रम गरीएको बताउनुभयो।उहाँले कार्यक्रम बाट १३ हजार १ सय ६५ जना लाभान्वित भएको बताउनु भयो।सुर्खेतमा चालु आर्थिक बर्षको पौषसम्ममा ३० वटा सवारी र्दुघटनामा २९ जनाको मृत्यू भएको छ भने ५७ जना घाईते भएका छन।करीब १२ हजार ४ सय ८५ सवारी साधनलाई करवाही गरी ७८ लाख ५ सय राजस्व सस्ंकलन गरीएको ट्रफिक प्रहरीले जनाएको छ।वीरेन्द्रनगर ११ का वडा अध्यक्ष नन्दलाल शर्माको सभापत्विमा भएको कार्यक्रममा करीब दुर्इ सय जना सवारी चालकको स्वास्थ्य परीक्षण गरीएको छ।

Share.

About Author

Leave A Reply