वीरेन्द्रनगरमा रहेको थारु होमस्टेमा ग्राहकको संख्या बढ्दै।

0

कात्तिक११सुर्खेत। गत जेठ महिनाबाट निर्माण कार्य सुरु भएको कर्णाली प्रदेश थारु होमस्टेमा ग्राहकहरुको संखया दिन प्रतिदिन वृद्धि भएपछि होमस्टे संचालक उत्साहित भएका हुन् ।थारु समुदायको लोप हुन लागेको परम्परा संस्कृति र संरक्षण गर्ने र अर्गानिक कृषिलाई जोड दिने उदेश्यले स्थापना भएको होमस्टेको औपचारीक उद्धघाटन आउँदो माघ महिनामा गर्ने संचालकको योजना छ।निर्माणाधिन होमस्टेमा पनि अहिले दैनिक ५० भन्दा बढि ग्राहक आउने गरेको बताउनुहुन्छ, होमस्टे संचालक मध्यका एक जितबहादुर थारुले बताउनु भयो।वीरेन्द्रनगर १० नयाँगाउ, थारु समुदायको बाक्लो वस्ती भएको वडा हो। मनिकारपुर, घुस्रा र नयाँगाउका १ सय ३० मध्य अधिकांश घर परिवार कृषि पेशामा संलग्न छन्।केहि समय अघिसम्म कृषकले उत्पादन गरेका तरकारीको बजार पाउन मुस्कील भएको भन्दै तर होमस्टे स्थापना भएपछि तरकारीको बजार नपाउने कृषकको समस्या हटेको उहाँको भनाइ छ ।होमस्टेमा थारु समुदायका विशेष परिकार घुंगी, ढिकुरी, हास, कुखुरा, भेडाको मासु साना खोलामा पाईने माछाको परिकार पाईन्छ।यस्तै लोप हुनै लागेको अनदी चामलको भात र सेतो भेडाको मासु होमस्टेको विशेष परिकार हुन ।होमस्टेमा अहिले १० जना पाहुनाकालागि बस्नकालागि कोठा छन् भने केहि स्थानीयले आफ्नै गाउँठाउँमा रोजगारी पनि पाएका छन् ।आवश्यकता अनुसार कर्मचारीको संख्या पनि बढाउने होमस्टेमा कार्यरत वीरेन्द्रनगर १० कै शान्ति चौधरीको भनार्इ छ। ९ जना स्थानीयको लगानी रहेको होमस्टेमा करीब ४० लाख रुपैयाँ लगानी भईसकेको छ भने लगानी अझै बढ्ने अनुमान संचालकहरुको  छ।आफ्नै गाउँठाउँमा होमस्टे स्थापना भएपछि यसले थारु समूदायको मौलिक परम्परा र कलासंस्कृतिको  प्रचार प्रसार र संरक्षणमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।

Share.

About Author

Leave A Reply