वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने ।

0

असोज १५ सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक आगामी मंसिर ६ गतेदेखि १० गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुने भएको छ।वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा मुल आयोजक सांस्कृतिक संस्थान नेपालका महाप्रबन्धक राजेश थापाले नाटक महोत्सवमा ७ वटा प्रदेशका १४ वटा नाटकहरु प्रस्तुत गरीने जानकारी दिनुभयो।यसैगरी महोत्सवमा सुर्खेतका कलाकारले एउटा अप्रतियोगी नाटक प्रस्तुत गर्नेछन् भने स्वदेशी र विदेशी कलाकारहरुको सहभागितामा रंगकर्म सम्बन्धि कार्याशाला पनि गरिने जनार्इएको छ।महाप्रबन्धक थापाले सरकारले घोषणा गरेको कर्णाली रारा पर्यटन वर्षलाई सफल पार्न सहयोग पुगोस भन्ने उदेश्यले पनि सुर्खेतमा नाटक महोत्सवको आयोजना गरिएको बताउनु भयो।करिब ४० लाखको हाराहारीमा खर्च हुने भनिएको महोत्सवमा आधा खर्च सांस्कृतिक संस्थान र आधा स्थानिय स्तरमा व्यवस्थापन गर्ने जनार्इएको छ।पत्रकार सम्मेलनमा सहआयोजक आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमले सुर्खेतमा नाटकघर बनाउने बारे पनि आवश्यक अध्ययन गर्ने जानकारी दिनुभयो।महोत्सवलार्इ सफल र प्रभावकारी बनाउन गौतमको अध्यक्षमा मुल समिति र अन्य बिषयगत समितिहरु पनि गठन गरी काम थालिएको छ।

Share.

About Author

Leave A Reply