वीरेन्द्रनगरमा शान्ति सुरक्षा कामय गर्न साझा पहल थाल्नुपर्नेमा सरोकारवालाको जोड

0

माघ–४सुर्खेत।वीरेन्द्रनगर क्षेत्रभित्र शानति सुरक्षा व्यवस्थापन सम्बन्धि सरोकारवालासँग अन्तरकृया गरिएको छ।बीरेन्द्रनगर नगर भित्रका सम्पुर्ण वडा हरूमा लागु अौषध दुव्र्यसनी,महिला हिंसा,चेलीबेटी बेचबिखन ,लुटपाट ,मदिरा जन्य घटनाहरु धेरै भएको भन्दै ती समस्या समाधानमा सबै निकाय लाग्नुपर्नेमा जोड दिएका छन् ।नगरपालीका प्रमुख देवकुमार सुवेदीले नगर भित्र हुने विभिन्न गतिविधीमा नगरपालीका लगाएत सबै निकायसंग सहकार्य गरेर नगर पालीकाभित्र शान्ति सुरक्षा कायम गर्ने बताउनु भयो ।सहभागीले घरेलु हिंसा तथा महिला हिंसाकाका घटना नियन्त्रणमा प्रहरी प्रशासनले सक्रियता बढाउनु पर्ने बताएका छन्।प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले वीरेन्द्रनगरभित्र रहेका सम्पुर्ण प्रकारका समस्या समाधान गर्न आफु लाग्ने प्रतिबद्धता जनाउनु भयो ।सुरर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले वीरेन्द्रनगर नगरपालीकाभित्र शान्ती सुरक्षा व्यस्थापनमा प्रहरी वीट स्थापना तथा प्रहरीको गस्ती बढाउने बताउनु भयो ।कार्यक्रममा वीरेन्द्रनगरका १६ वटै वडाका वडा अध्यक्षहरु लगाएतको सहभागीता रहेको छ ।

Share.

About Author

Leave A Reply