वीरेन्द्रनगरमा १७ सैयाको फिस्टुला अस्पताल संचालनमा ।

0

असोज ६ सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएको फिस्टुला अस्पताल संचालनमा आएको छ।एक कार्यक्रमका आयोजना गरेर कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गर्नुभएको हो।पौने ६ करोडको लागतमा बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा अस्पताल संञ्चालनमा आएको हो।मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल भित्र १७ शैयाको फिस्टुला अस्पताल सञ्चालनमा आएसँगै महिलाको पिसाब थैली, पिसाब चुहिने समस्याबाट पिडित महिलाहरुलाई उपचारमा सहज हुने भएको छ।अस्पतालमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गर्ने हुने गरेको छ।यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत सेवा लिएका छन।अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उत्कृष्ट सेवा  दिन सुझाँब दिनुभएको छ।उहाँले पश्चिम नेपालमै पहिलो फिष्टुलाको अस्पताल स्थापना भएको भन्दै यसलार्इ प्रदेश सरकारबाट गर्नुपर्ने सहयोगको लागी आफु तयार रहेको बताउनुभयो।सुर्खेतमा निर्माण भएको फिस्टुला अस्पताल धरान र काठमाडौं पछिको तेस्रो अस्पताल हो।अस्पतालबाट कर्णाली प्रदेश सहित पाँच नम्बर प्रदेश र सात नम्बर प्रदेशका बिरामीहरुलाई उपचारका लागि सहज हुने भएको छ।क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताउनुभयो।विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क संकल गर्न समस्या हुने गरेको उहाँको भनार्इ छ।उपचार केन्द्र सञ्चालनमा फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले बताउनुभयो।उहाँले फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था गरेको उहाँको भनार्इ छ।

Share.

About Author

Leave A Reply