वीरेन्द्रनगरलार्इ हरियाली र प्लाष्टिक रहित नगर बनाइने ।

0

वैशाख–२१सुर्खेत।सुर्खेतको वीरेन्द्रनगरलार्इ हरियाली र प्लाष्टिक रहित नगर बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरु जोड दिएका छन।वीरेन्द्रनगर नगरपालीकाको आयोजना तथा वातावरण समाज सुधार संस्थाको संयोजनमा भएको नगरस्तरिय जलबायु अनुकलन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन।उनिहरुले प्लाष्टिक न्युनिकरणको लागी अहिले दुना टपहरी बानाउने काम समेत थालेको भन्दै यसको व्यवस्थापन गरिदिन माग गरेका छन।सहभागीहरुले सुन्दर र हरियाली नगर बनाउन नगरपालीकाले बिषेश चासो नदेखाएको भन्दै दुखेसो समेत पोखेका छन।उनिहरुले फोहर व्यवस्थापन र प्लाष्टिक न्युनिकरणको लागी अहिले प्लाष्टिक रहित झोला निर्माण गरि सकेको समेत बताएका छन।उनिहरुले आफुहरुले उत्पादन गरेको झोला विक्रिको लागी नगरपालीकाले सबै पसलहरुलार्इ प्लाष्टिक रहित झोला बिक्रि वितरण गर्न नियम बनार्इदिनुपर्ने माग समेत गरेका छन।कार्यक्रममा वीरेन्द्रनगर नगरपालीकाका कार्यभार प्रमुख मोहनमाया ढकालले बीरेन्द्रनगरलार्इ हरियाली नगर बनाउन आफुहरु लागी परेको बताउनुभयो।उहाँले अहिले नगरपालीकाले योजना बनाएर नगरलार्इ हरियाली नगर बनाउने काममा लागी परेको उल्लेख गर्नुभयो।उहाँले जलबायु परिबर्तनका कारण भविष्यमा विभिन्न खाल्का संटकहरु आउन सक्ने भन्दै त्यसकालागी अहिले देखीनै सावधानि अपनाउनु पर्नेमा जोडदिनुभयो।कार्यक्रममा वरिष्ठ कृषि अर्थ विज्ञ नरेश शर्माले नेपालमा जलबायु परिबर्तन अनुकलनीय रहेको भन्दै यसको लागी बैकल्पिक उर्जा,धुवा,धुलोकम गर्नुपर्नेमा जोडदिनुभयो।उहाँले वीरेन्द्रनगरलार्इ हरियाली बनाएर त्यसबाट धेरै आम्दानी लिन सकिने बताउदै,त्यसको लागी बैकल्पिक उर्जाको व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।यस्तै कार्यक्रममा स्वछ नेपालका कार्यक्रममा व्यवस्थापक राजन थापाले वीरेन्द्रनगर जलबायु परिबर्तनले संकट सन्तुलन सुचाङकको मध्यमा जोखिमा रहेको बताउनुभयो।उहाँले वीरेन्द्रनगरका १३ देखी १६ वडा सम्म जोखिममा रहेको भन्दै यसको लागी रुख विरुवाहरु रोप्नुपर्नेमा जोडदिनुभयो।

Share.

About Author

Leave A Reply