वीरेन्द्रनगर नगरपालिकाले सडक छेउमा अतिक्रमण गरेर बनाइएका घर टहराहरु डोजर लगाएर भत्कायो।

0

चैत–१६सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले सडक छेउमा जग्गा अतिक्रमण गरेर बनाइएका घर टहराहरु डोजर लगाएर भत्काएको  छ ।नगरपालिकाले पटकपटक खाली गर्न सूचना जारी गरे पनि अटेरी गरेपछि प्रहरीसशस्त्र प्रहरी र टोल विकास संस्थाको सहयोगमा वडा नम्बर ६ र ८ का केही ठाउँहरुमा डोजर लगाएर टहराहरु भत्काएको हो ।नगरपालिकाले सूचना र मौखिक रुपमा ताकेता गर्दा पनि टहराहरु नहटाएपछि डोजर नै चलाएर जबरजस्ती भत्काउनु परेको नगरपालिकाले जनाएको छ।नगरपालिकाले माघ १९ गते १५ दिने सूचना टाँसेर सडक छेउमा अव्यवस्थित रुपमा टहरा,पसलहरु हटाउन अनुरोध गरेको थियो ।हिजो घण्टाघर चोकएमाले पार्टी कार्यालय नजिकक्याम्पस रोडधमलाचोकको लाइन र जिल्ला प्रहरी कार्यालय  रहेको रोडमा सडक छेउको जग्गा अतिक्रमण गरेर बनाइएका  ८९ वटा कच्ची घरटहरा र घुम्तीहरु भत्काएको छ।८८ वटा मात्रै कच्ची घर र घुम्तीहरु डोजर लगाएर हटाएको छ ।घरटहरा र पसलहरु तत्काल हटाउन स्थानीय जन प्रतिनिधिहरुको नेतृत्वमा नगरपालिकाले मुस्कानसहितको घर दैलो कार्यक्रम पनि गरेको थियो।

Share.

About Author

Leave A Reply