वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभा सुरु।

0

चैत २९-सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ।विधेयक सभाको रुपमा लिईएको नगरपालिकाको चौथो नगर सभामा २ वटा विधेयक पेश भएका छन।नगर उपप्रमुख मोहनमाया ढकालले स्वास्थ्य सेवा विधेयक २०७५ र विपद व्यवस्थापन विधेयक सभामा पेश गर्नुभएको हो।नगरपालिकाले सभामा पेश भएका विधेयक नगर सभाबाट पास गर्ने जनाएको छ।आर्थिक वर्ष २०७५/०७६ को फागुन मसान्त सम्म नगरबाट सम्पन्न भएका कामकारबाहीको विषयमा ध्यानाकर्षण गराउँदै उनीहरुले योजना कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका छन।नगर सभा र नगरकार्यपालिकाका सदस्यहरुले प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको विकासका लागि कुनै पनि दिर्घकालीन योजना बनाउन नसक्नु नगरको कमजोरी भएको बताएका छन। नगरसभामा सार्वजनिक महत्वका विषयमा बोल्दै सदस्य रेणुका आचार्यले एकातिर तरकारीको बिउ नपाईने समस्या अर्कोतिर भित्रयाउने समय भएको बालीलाई असिना पानीले नोक्सानी गर्दा सिकना दाहोरो मारमा परेको बताउनुभयो।आचार्यले असिनापिडित किसानलाई आवश्यक राहत दिन नगर कार्यपालीकाको ध्यानाकर्षण गराउनुभयो। यस्तै अर्का सदस्य चुणामणि आचार्यले जगगा खण्डकिरण गरेर नगर क्षेत्र कुरुप भइसकेको अवस्थामा कित्ताकाट रोकेर मात्र उपलब्धी नहुने भन्दै कित्ताकाट खुलाउनु पर्ने बताउनुभयो।कर्मचारीको समायोजनपछि नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरुको अभाव भएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनीक जनशक्ति खाली भएको छ। स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ। भेरी अस्पताल कार्यरतमध्ये ३५ जना कर्मचारी प्रदेशमा समायोजन गरिएका छन भने २७ स्टाफ नर्समध्ये दुई जना नर्सिङ अधिकृतसहित आठ जना संघमा परेका छन। अरू १९ जना प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताउनुभयो । नर्स र ल्याव कर्मचारीविहीन जस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताउनुभयो। अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा २६ जना नियमित सेवामै थिए। सरकारी मापदण्ड अनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म विरामी हेर्नुपर्नेमा भेरी अस्पतालमा एउटैले १५ जनासम्म विरामी हेर्नुपर्ने बाध्यता छ। ल्यावमा रहेका ६ जना सबै कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उहाँले बताउनुभयो।

Share.

About Author

Leave A Reply