वीरेन्द्रनगर बजार अनुगमलाइ प्रभावकारी बनाउनुपर्ने सरोकारवालको जोड।

0

कार्तिक ९ सुर्खेत-वीरेन्द्रनगरको बजार अनुगमनलाइ प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले एक्यवद्धता जनाएका छन।

पछिल्लो समय चाडपर्व लक्षित बजार अनुगमनलाई प्रत्येक हप्ता नै अनुगमन गर्नुपर्नेमा उनिहरुले बताएका छन।

बागेश्वरी असल शासन क्लब बास सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको प्रभावकारी बजार अनुगमनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रियामा सहभागीले सबै निकाय जुटे बजार सुधार्न समय नलाग्नेतर्फ बताएका छन।

कर्णालीको राजधानी समेत रहेको बीरेन्द्रनगरलार्इ सफा र सुन्दर बनाउने जिम्मेवारी सबैको साझाँ भएको भन्दै आफ्नो क्षेत्रबाट सहयोगगर्न आग्रह समेत गरेका छन।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बजारको अवस्था नाजुक भएको भन्दै सबै मिलेर सरसफार्इ अभियानमा साथ दिनुपर्ने बताउनुभयो।

उहाँले बजारमा जथाभावी रुपमा फोरगर्ने कसैलाई पनि छुन नरहेको भन्दै फोर गर्नेलार्इ कारवाही गरिने बताउनुभयो।

प्रशासकीय अधिकृत शर्माले स्थानीय तहले पनि ऐन बनाउने मात्र नभई अनुगमन पनि गर्नुपर्नेमा जोडदिनुभयो।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले पछिल्लो समय बजार अनुगमनलाई तिव्रता दिइएको बताउनुभयो।

उहाँले गुणस्तरहीन खाद्य सामग्री बेची उपभोक्तालाई ठगी गरिरहेकालाई कारवाहीको दायरामा ल्याइएको पनि जनाउनुभयो।

वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले नगरपालिकाले बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐन जारी गरेर काम थालेको जानकारी दिनुभयो।

यस्तै कार्यक्रममा नागरिक सरोकार संघ सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले हाल विभिन्न निकायबाट भइरहेको बजार अनुगमनले तिव्रता पाए आगामी दिनमा सुधारोन्मुख बजार देख्न पाइने विश्वास व्यक्त गर्नुभयो।

उहाँले वडामा रहेका खुद्रा पसलको पनि दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै चाडपर्वको अवसरमा संचालित सुपथ मुल्य पसलमा उपभोक्तालाई लाईन लागेर सामग्री लिदा धरपकडकै अवस्था आइलागेको भन्दै त्यसलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले कडा कानुन बनाइ कार्यान्वयन गर्नेतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोडदिनुभयो। बासका केन्द्रिय अध्यक्ष रमेश सिटौलाले स्थानीय तहले अनुगमन समिति बनाइ काम गरे÷नगरेको बारे खबरदारी गर्ने बेला आएको धारणा राख्नुभयो।

बासका प्रदेश नम्बर ५ का संयोजक राधिका गिरीले बजार अनुगमनसम्बन्धी बनेका ऐन कार्यान्वयन गर्नेतर्फ स्थानीय सरकारको ध्यान पनि जानुपर्ने उल्लेख गर्नुभयो।

Share.

About Author

Leave A Reply