वैशाख १७ र २७ मा निर्वाचन गर्ने गरी संसद् विघटन।

0

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला सङ्घीय संसद्को प्रतिनिधि सभा बिघटन भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालय शितल निवासले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशकालागि आउँदो वैशाख १७ र २७ गते चुनावको मिति तोकिएको जनाएको छ ।

बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनुको साटो उल्टै संसद् विघटनको प्रस्ताव गरेपछि नेकपाको विवाद थप चुलिएको छ ।

Share.

About Author

Comments are closed.