शान्तिसुरक्षा सम्बन्धि प्रदेशस्तरीय सुरक्षा गोष्ठी बीरेन्द्रनगरमा जारी।

0

फागुन २३-सुर्खेत।शान्ति सुरक्षा र विपत व्यवस्थापन लगायतका विषयमा छलफल गर्न कर्णालीको राजधानी वीरेन्द्रनगरमा २ दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ।गृहमन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजीत प्रदेश स्तरीय गोष्ठिमा  प्रदेशको विद्यमान सुरक्षा अवस्था, चुनौति र समाधानबारे छलफल हुने मन्त्रालयका  सहसचिव तथा प्रवक्ता रामकृष्ण सवेदीले जानकारी दिनुभयो।सम्मेलनमा जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले समग्र जिल्लाको विषयमा प्रस्तुती गर्ने र निति निर्माणमा केन्द्रित रहने प्रवक्ता सुवेदीको भनाई छ।यस्तै ३७ बुँदे निर्देशन, सुशासन र नीतिगत अस्पष्टतालाई स्पष्ट पार्ने, मौसमी विपतको पूर्व तयारी तथा व्यवस्थापनका लागि कार्ययोजना निर्माणका लागि गृहमन्त्री रामबहादुर थापाबाट निर्देशन गर्ने कार्यक्रम रहेको छ।गोष्ठिमा कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्तरीय प्रमुखहरुको सहभागिता रहेको छ।

Share.

About Author

Leave A Reply